निजी क्षेत्र सहभागिता विशेषज्ञका लागि कार्यादेश
पृष्ठभूमि
सन् १९९२ मा स्थापित एन्साब नेपालमा जैविक विविधता संरक्षण र जीविकोपार्जन सुधारप्रति प्रतिबद्ध गैरनाफामूलक गैरसरकारी संस्था हो। यसले समुदायको सशक्तीकरण र आर्थिक प्रोत्साहनलाई आफ्नो कार्यशैलीको केन्द्रमा राख्छ र नवीन समाधान कार्यान्वयन गर्न प्रयोगात्मक अनुसन्धान तथा अध्ययनबाट ज्ञान र नतिजा उत्पादन गर्छ।
नेपालको हिमाली क्षेत्र औषधीय तथा सुगन्धित वनस्पति (एमएपी) र च्याउको समृद्ध विविधताका लागि विश्वभर चिनिन्छ। यी प्रजातिले ग्रामीण जीविकोपार्जनलाई सहयोग पुर्याउँछन् र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुन्छन्, तर अदिगो सङ्कलन, कमजोर मूल्य शृङ्खला सुशासन र दिगोपनाका लागि सीमित बजार प्रोत्साहनका कारण धेरै प्रजाति जोखिममा छन्। परियोजना दिगो व्यापारमार्फत हिमाली वनस्पति तथा च्याउको संरक्षणलाई विस्तार ले दिगो जङ्गली सङ्कलन सुदृढ पार्ने, मूल्य शृङ्खला पारदर्शिता सुधार्ने र जिम्मेवार ढङ्गले प्राप्त एमएपी सामग्रीको बजार पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। एउटा मुख्य अङ्ग नेपालका अग्रणी निर्यातक तथा प्रशोधकलाई दिगोपनाका मापदण्ड, विशेषगरी फेयरवाइल्ड मापदण्ड, अपनाउन संलग्न गराउनु र लक्षित जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय उद्यमसँग अझ बलियो र न्यायोचित सम्बन्ध निर्माण गर्नु हो। यसका लागि एन्सावले योग्य निजी क्षेत्र सहभागिता विशेषज्ञ (पीएसई विशेषज्ञ) बाट आवेदन आह्वान गरेको छ।
पीएसई विशेषज्ञले दिगो जङ्गली सङ्कलन, व्यापार सुशासन र जैविक विविधता संरक्षणसम्बन्धी राष्ट्रिय तथा क्षेत्रीय नीतिगत छलफलमा निजी क्षेत्रका, विशेषगरी एमएपी निर्यातक र प्रशोधकका, दृष्टिकोण प्रभावकारी रूपमा प्रतिनिधित्व होऊन् भन्ने सुनिश्चित गर्न प्रमुख भूमिका खेल्नेछन्।
पीएसई विशेषज्ञले काठमाडौँबाट यो निजी क्षेत्र सहभागिताको काम नेतृत्व गर्नेछन्।
कामको क्षेत्र
पीएसई विशेषज्ञले कार्यकारी निर्देशकको समग्र मार्गदर्शनमा र उप–कार्यकारी निर्देशकलाई प्रतिवेदन दिँदै प्रमुख एमएपी निर्यातक र प्रशोधकको दिगोपना प्रदर्शन मूल्याङ्कन र सुधार गर्न तथा परियोजना जिल्लाका समुदायलाई जिम्मेवार राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रेतासँग जोड्ने व्यावसायिक रूपमा सम्भाव्य र नैतिक आपूर्ति शृङ्खला निर्माण गर्न संलग्न गराउनेछन्। विशेषज्ञले ट्राफिक र फेयरवाइल्ड फाउन्डेसनको प्राविधिक मार्गदर्शनमा फिल्ड टोली, सामुदायिक साझेदार र निजी क्षेत्रका सरोकारवालासँग निकट रहेर काम गर्नेछन्।
मुख्य जिम्मेवारी
क. निजी क्षेत्र सहभागिता तथा सम्बन्ध व्यवस्थापन
- सहभागिताका लागि प्रमुख एमएपी निर्यातक, प्रशोधक र व्यापारीको पहिचान, म्यापिङ र प्राथमिकीकरण गर्ने।
- कम्पनी, उद्योग सङ्घ र सम्बन्धित सरकारी निकायसँग बलियो कार्य सम्बन्ध निर्माण र कायम राख्ने।
- फेयरवाइल्ड फाउन्डेसन र ट्राफिक लगायत कम्पनी र परियोजना साझेदारबीच नियमित संवाद सहजीकरण गर्ने।
- दिगो स्रोतीकरण, प्रमाणीकरण र नैतिक व्यापारका लागि व्यावसायिक औचित्य प्रवर्द्धन गर्ने।
ख. दिगोपना तथा व्यावसायिक प्रदर्शनको आधाररेखा मूल्याङ्कन
- दिगोपना प्रदर्शनका महत्त्वपूर्ण कमजोरी तथा प्रमुख अन्तर्राष्ट्रिय बजारका माग (पहिचानयोग्यता, गुणस्तर र नियामकीय पक्ष) पूरा गर्ने क्षमता पहिचान गर्न फेयरवाइल्ड मापदण्ड र अन्य सम्बन्धित संरचना प्रयोग गरी कम्पनीस्तरीय मूल्याङ्कन गर्ने।
- प्रदर्शन, कमजोरी र प्राथमिक जोखिम सारांशित गर्ने कार्यमुखी आधाररेखा प्रतिवेदन तयार गर्ने।
ग. कार्ययोजना तथा प्राविधिक सहयोग
- मूल्याङ्कनमा पहिचान गरिएका प्रमुख कमजोरी सम्बोधन गर्ने कार्ययोजना कम्पनीसँग मिलेर सह–विकास गर्ने।
- सुधार कार्यान्वयन गर्न (जस्तै पहिचानयोग्यता, अभिलेखीकरण, आन्तरिक नियन्त्रण प्रणाली, सामुदायिक सहभागिता, नियामकीय पालना) निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउने।
- प्रमाणीकरणका मार्गबारे प्राविधिक मार्गदर्शनका लागि फेयरवाइल्ड फाउन्डेसनसँग समन्वय गर्ने।
घ. आपूर्ति शृङ्खला सम्बन्ध सुदृढीकरण
- परियोजना जिल्लामा निर्यातक र सामुदायिक वन उपभोक्ता समूह, सहकारी तथा स्थानीय उद्यमबीच साझेदारी सहजीकरण गर्ने।
- न्यायोचित खरिद सम्झौता, लाभ बाँडफाँड व्यवस्था र दीर्घकालीन स्रोतीकरण प्रतिबद्धतामा वार्ता गर्न सहयोग गर्ने।
- सामुदायिक समूहले क्रेताका आवश्यकता र गुणस्तर मापदण्ड बुझेका छन् भन्ने सुनिश्चित गर्न फिल्ड टोलीसँग काम गर्ने।
ङ. बजार विकास तथा नैतिक क्रेता सहभागिता
- दिगो रूपमा प्राप्त एमएपी सामग्रीका लागि स्वदेशी र अन्तर्राष्ट्रिय बजार अवसर पहिचान गर्न निर्यातक र परियोजना साझेदारसँग काम गर्ने।
- निर्यातकलाई नैतिक क्रेता, प्राकृतिक उत्पादन कम्पनी र फेयरवाइल्डसँग मिल्ने ब्रान्डसँग जोडिन सहयोग गर्ने।
- बजार पहुँचलाई सहयोग पुर्याउन कम्पनी परिचय, उत्पादन विवरणपत्र, प्राविधिक दस्तावेज र दिगोपनाका वर्णन तयार गर्ने।
- व्यापार मेला तयारी, बी२बी बैठक र प्रवर्द्धनात्मक कार्यक्रममा योगदान गर्ने।
च. नीतिगत सहभागिता तथा काठमाडौँ दिगोपना मञ्च
- दिगो व्यापारसम्बन्धी नीतिगत संवाद र बहुसरोकारवाला मञ्चमा निजी क्षेत्रका दृष्टिकोण प्रतिनिधित्व भएको सुनिश्चित गर्ने।
- कम्पनीलाई नीतिगत छलफल र परामर्शमा रचनात्मक योगदान गर्न तयार गर्ने।
- काठमाडौँ दिगोपना मञ्च (नोभेम्बर २०२६) का लागि योजना, समन्वय र निजी क्षेत्र परिचालनमा सहयोग गर्ने र त्यसपछिका कार्यमा योगदान गर्ने।
छ. समन्वय, प्रतिवेदन तथा सिकाइ
- प्राविधिक दृष्टिकोणमा तालमेल मिलाउन र सिकाइ साझा गर्न फेयरवाइल्ड फाउन्डेसन र ट्राफिकसँग निकट रहेर काम गर्ने।
- परियोजना अनुगमन, मूल्याङ्कन र प्रतिवेदनका आवश्यकतामा योगदान गर्ने।
- व्यापक प्रसारका लागि अध्ययन, सफलताका कथा र सिकाइ दस्तावेजीकरण गर्ने।
- आवश्यकता अनुसार परियोजना बैठक र दातालाई प्रतिवेदनमा सहभागी हुने।
अपेक्षित नतिजा
- प्राथमिकता प्राप्त एमएपी निर्यातक तथा प्रशोधकको म्यापिङ र परियोजनाका डाटाबेसको सञ्चालन।
- कम्तीमा पाँचवटा कम्पनीको आधाररेखा दिगोपना मूल्याङ्कन।
- कम्पनीविशेष दिगोपना तथा बजार पहुँच कार्ययोजना।
- निर्यातक र सामुदायिक वन उपभोक्ता समूह/स्थानीय उद्यमबीच कम्तीमा पाँचवटा औपचारिक सम्बन्ध।
- बजार अवसर विश्लेषण र क्रेता सहभागिताका संक्षिप्त जानकारी।
- त्रैमासिक प्रगति प्रतिवेदन र वार्षिक संश्लेषण प्रतिवेदन।
योग्यता तथा सीप
- व्यवसाय, प्राकृतिक स्रोत व्यवस्थापन, वनविज्ञान, अर्थशास्त्र वा सम्बन्धित विषयमा स्नातकोत्तर डिग्री।
- निजी क्षेत्र सहभागिता, दिगो आपूर्ति शृङ्खला, प्राकृतिक उत्पादन व्यापार वा नैतिक स्रोतीकरणमा कम्तीमा ५ वर्षको अनुभव।
- नेपालको एमएपी क्षेत्र, मूल्य शृङ्खला र निर्यात बजारबारे गहिरो बुझाइ।
- समुदायमा आधारित वन व्यवस्थापन (सामुदायिक वन उपभोक्ता समूह) सँग काम गरेको अनुभव थप लाभदायक हुनेछ।
- दिगोपनाका मापदण्ड (जस्तै फेयरवाइल्ड, जैविक, एफएससी, फेयर ट्रेड) सँग परिचित।
- उत्कृष्ट सञ्चार, सहजीकरण र सम्बन्ध निर्माण सीप।
- व्यावसायिक रूपमा संवेदनशील र गोप्य जानकारी उपयुक्त ढङ्गले सम्हाल्न सक्ने क्षमता।
- आवश्यकता अनुसार परियोजना जिल्लामा यात्रा गर्न सक्ने क्षमता।
अवधि तथा कार्यभार
- एक वर्षको करार, कार्यसम्पादन र परियोजनाका आवश्यकताका आधारमा थप हुन सक्ने।
- काठमाडौँमा आधारित पूर्णकालीन पद।
नैतिक आचरण तथा सुरक्षा
यो भूमिकामा परियोजनाका सुरक्षा नीति, भ्रष्टाचारविरोधी मापदण्ड र नैतिक व्यापारका सिद्धान्त पालना गर्नुपर्छ। समुदाय र कम्पनीसँगको सबै सहभागिता पारदर्शी, निष्पक्ष र जिम्मेवार अभ्यास अनुरूप हुनुपर्छ।
आवेदन प्रक्रिया
माथिका योग्यता पुगेका योग्य उम्मेदवारले तोकिएको अनलाइन फारम भरेर अगस्ट १४, २०२६ सम्ममा आवेदन दिनुहोला। आवेदकले फारममा संकेत गरिएको ठाउँमा आफ्नो पछिल्लो बायोडाटा, कम्तीमा दुईजना सिफारिसकर्ताको विवरण र आवेदन पत्र अपलोड गर्नुपर्नेछ।
यो पदमा आवेदन दिन यहाँ क्लिक गर्नुहोस्
समान अवसरसम्बन्धी घोषणा
एन्साब समान अवसर दिने रोजगारदाता हो र जात, जाति, वर्ण वा धर्मका आधारमा कुनै पनि आवेदकलाई भेदभाव गर्दैन। योग्यता र कार्य प्रभावकारी र कुशलतापूर्वक गर्ने क्षमतामा सम्झौता नगरी परियोजना क्षेत्रका र वञ्चित समूहका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। सम्भावित महिला उम्मेदवारलाई यस पदमा आवेदन दिन विशेष प्रोत्साहन गरिन्छ।