
प्रभाव
एन्साबले आफ्नो प्रभावकारिता जमिनमा विस्तृत प्रभाव अनुगमन प्रणाली (ITS) मार्फत मापन गर्छ। प्राथमिक उत्पादक तथा सङ्कलकहरूले पाएको आर्थिक लाभ, मूल्य शृङ्खलामा आर्थिक सहभागिताको स्तर र सुधारिएको व्यवस्थापनमा आएको वन क्षेत्रका आधारमा विशिष्ट नतिजा मापन गरिन्छ।
एन्साबको हस्तक्षेपबाट १,२०,००० हेक्टरभन्दा बढी वन तथा चरन क्षेत्र सुधारिएको व्यवस्थापनमा ल्याइएको छ, जसले ७५० भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहलाई सहयोग पुर्याएको छ र १,२५,००० भन्दा बढी घरपरिवारलाई लाभ पुगेको छ। साथै, उद्यममुखी कृषि तथा वन व्यवस्थापनमा एन्साबको कामले १,३०० भन्दा बढी आर्थिक संस्थाको विकास र सुदृढीकरण गरेको छ, जसमा विशेष गरी गरिब तथा विपन्न समूहका ८५,००० भन्दा बढी सहभागी संलग्न छन् र वार्षिक रु. ९२ करोड ४० लाख आम्दानी हुन्छ।