परियोजनाको समग्र उद्देश्य जैविक ऊर्जाको उत्पादन र औद्योगिक उपभोग विस्तार गर्दै रोजगारी बढाउने र कार्बन उत्सर्जन घटाउने माध्यमबाट गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा योगदान दिनु हो।
थप विशिष्ट उद्देश्य:
- साना आकारका बायो–चार (जैविक कोइला) उद्यम विस्तार गरेर थप हरित रोजगारी सिर्जना गर्ने
- आयातित जीवाश्म इन्धन (एलपीजी, मट्टितेल र कोइला) को विकल्पका रूपमा जैविक ऊर्जाको उत्पादन र प्रयोग विविधीकरण गरेर कार्बन उत्सर्जन घटाउने
- बायो–चार उप–क्षेत्रका पात्रको क्षमता सुदृढ गरेर जैविक ऊर्जाको उत्पादन र आपूर्ति शृङ्खला टिकाउने
थप विवरण र अन्य जानकारीका लागि कृपया भ्रमण गर्नुहोस् www.bioenergy.org.np