हिमालयन बायोट्रेड लिमिटेड (HBTL) ले फेयरवाइल्ड प्रमाणीकरण प्राप्त गर्यो
५ जुलाई २०२१
हिमालयन बायोट्रेड लिमिटेड (एचबीटीएल) ले नेपालको जुम्ला जिल्लाबाट जटामसी र कुट्कीका लागि फेयरवाइल्ड प्रमाणीकरण प्राप्त गरेको छ। यी उच्च मूल्यका गैरकाष्ठ वन पैदावारको सङ्कलन र प्रशोधनले फेयरवाइल्ड मापदण्डमा परिभाषित कार्यसम्पादन सूचकको पालना गरेको छ। एचबीटीएल फेयरवाइल्ड प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो कम्पनी हो। “साइटेससँग सफल हुँदै: नेपालबाट जटामसीको दिगो र समतामूलक व्यापार” परियोजनाको एक हिस्साका रूपमा एन्साबले एचबीटीएल लाई प्रमाणीकरणका मापदण्ड पूरा गर्न सक्षम बनाउनुका साथै पूर्व–परीक्षण (प्री–अडिट) र परीक्षण प्रक्रिया सहजीकरण गर्यो।
परियोजनाबारे थप जानकारीका लागि क्लिक गर्नुहोस् “साइटेससँग सफल हुँदै: नेपालबाट जटामसीको दिगो र समतामूलक व्यापार”
कम्पनीबारे थप जानकारीका लागि क्लिक गर्नुहोस् “हिमालयन बायोट्रेड लिमिटेड (एचबीटीएल)”