एन्साब र वन तथा भू–संरक्षण विभागको संयुक्त आयोजनामा साइटेस नीति समीक्षा कार्यशाला
२५ मार्च २०२२
एन्साब र वन तथा भू–संरक्षण विभागले २०२२ मार्च २५ मा संयुक्त रूपमा साइटेस नीति समीक्षा कार्यशाला आयोजना गरे। कार्यशालामा नेपालमा साइटेस सूचीकृत वनस्पति प्रजातिको दिगो संकलन र व्यापारसँग सम्बन्धित नीतिगत अवसर र चुनौती साझा गरी छलफल गरियो, जसले ती प्रजातिको नेपालमा सङ्कलन, ढुवानी र व्यापार सहज बनाउन मद्दत गर्नेछ। वन तथा भू–संरक्षण विभागका महानिर्देशक, वनस्पति स्रोत विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक, डिभिजनल वन कार्यालय, गैरकाष्ठ वन पैदावारमा आधारित वस्तु सङ्घ, प्रशोधन तथा व्यापारिक कम्पनी, कर्णालीसहितका सामुदायिक वन प्रतिनिधि र एन्साबसहित जम्मा २१ जना कार्यशालामा सहभागी भए।
यो कार्यशाला ‘जनताका लागि हिमाली वनस्पति: जैविक विविधता र विकासका लागि दिगो व्यापार’ परियोजनाको एक हिस्सा हो, जुन बेलायत सरकारको डार्विन इनिसिएटिभद्वारा वित्तपोषित छ र वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा एन्साब र ट्राफिकले संयुक्त रूपमा नेपालमा कार्यान्वयन गरिरहेका छन्।