प्रतिवेदन तथा केस स्टडी

नेपालमा अदुवा उप–क्षेत्रको मूल्य शृङ्खला विश्लेषण

यस कार्यभारको मुख्य उद्देश्य अदुवा मूल्य शृङ्खलाको हालको अवस्थाको विश्लेषण गर्नु र शृङ्खलाका पात्र, सेवा प्रदायक र सहयोगी संस्थाका गतिविधिबारे पर्याप्त जानकारी उपलब्ध गराउनु थियो, जसबाट सम्बन्धित सरोकारवालाले उप–क्षेत्रलाई निजी क्षेत्रको परिपक्व भूमिकासहित बढी उत्पादनशील र प्रभावकारी क्षेत्रमा स्तरोन्नति गर्न सहयोग गर्न सकून्।