पुस्तक तथा पुस्तिका

गैरकाष्ठ वन पैदावारको दिगो संकलनसम्बन्धी टुलकिट (अङ्ग्रेजी संस्करण)

“गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलनसम्बन्धी टुलकिट” ले गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलनका लागि आवश्यक व्यावहारिक विधि र औजार उपलब्ध गराउँछ। यस टुलकिटका विशिष्ट उद्देश्य निम्न हुन्:

  1. गैरकाष्ठ वन पैदावारमा केन्द्रित भई वन पैदावारको दिगो सङ्कलनसम्बन्धी तालिमका लागि रणनीति र पाठ्यक्रम उपलब्ध गराउने;
  2. गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलनका लागि आवश्यक व्यावहारिक विधि र औजार प्रदान गर्ने; र
  3. सामान्यतया गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलन र विशेष गरी पाँचवटा गैरकाष्ठ वन पैदावार प्रजाति (हर्रो, बर्रो, अमला, गुर्जो र दालचिनी) मा सङ्कलकको सीप र क्षमता विकास सहजीकरण गर्ने।

यो टुलकिट मुख्यतया गैरकाष्ठ वन पैदावारको दिगो सङ्कलन प्रवर्द्धनमा रुचि राख्ने र जिम्मेवार विकास सङ्गठन तथा सरकारी निकायका क्षेत्र सहजकर्ता र कार्यक्रम व्यवस्थापकलाई लक्षित गरिएको हो। यो टुलकिट वन उपभोक्ता समूहका लागि पनि उपयोगी हुन सक्छ र दिगो वन व्यवस्थापनमा रुचि राख्ने अनुसन्धानकर्ता, विद्यार्थी र व्यावसायिकका लागि सन्दर्भ सामग्रीका रूपमा काम गर्न सक्छ। स्थानीय समुदायसँग काम गर्न सहजकर्ताका रूपमा उचित तालिमप्राप्त वन प्राविधिकले यस टुलकिटमा उल्लिखित गतिविधि सञ्चालन गर्न र सान्दर्भिक औजार प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ।