
यो टुलकिटले जैविक विविधताको अवस्था आवधिक रूपमा मूल्याङ्कन गर्न र जैविक विविधतामा सामुदायिक वन व्यवस्थापनको प्रभाव अनुगमन गर्न उपयोगी तथ्याङ्क उत्पन्न गर्न आवश्यक विधि र औजार उपलब्ध गराउँछ। उद्देश्य वन पैदावार र सेवाको मूल्य अधिकतम बनाउँदै जैविक विविधताको संरक्षणलाई प्रवर्द्धन गर्ने व्यवस्थापन सुधारका लागि महत्त्वपूर्ण पाठ निकाल्नु हो।