
यो टुलकिट बजार सूचना प्रणाली (एमआईएस) कार्यक्रम स्थापना गर्ने प्रक्रिया र प्राकृतिक उत्पादनको बजार र बजारीकरणसम्बन्धी जानकारीको सङ्कलन, प्रशोधन र प्रसार गर्ने विधिमा केन्द्रित छ। उद्देश्य बजार पारदर्शिता र असल मूल्य शृङ्खला शासन अभिवृद्धि गर्न प्राकृतिक उत्पादनका लागि बजार सूचना प्रणाली विकास र कार्यान्वयनमा मार्गदर्शन उपलब्ध गराउनु हो।