अनुसन्धान लेख

जैविक विविधता संरक्षणका लागि उद्यम मोडेल: एक आलोचनात्मक विश्लेषण

लेखक: ज्याक क्राउचर प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: जुलाई १३, २००५ आईएसबीएन: उपलब्ध छैन पृष्ठ सङ्ख्या: १३ मूल्य: निःशुल्क

गैरकाष्ठ वन पैदावारको दिगो तरिकाले व्यावसायिक प्रयोग ग्रामीण आर्थिक विकास र वातावरणीय वा जैविक विविधता संरक्षणका दोहोरो उद्देश्य प्रवर्द्धन गर्ने बढ्दो लोकप्रिय संयन्त्र बन्दैछ। यो दृष्टिकोण एसियाको धेरै भागमा जैविक विविधता संरक्षण सञ्जाल (बीसीएन) ले प्राकृतिक स्रोतमा आधारित उद्यम विकासलाई जैविक विविधता संरक्षणसँग जोडेका करिब बीसवटा परियोजनामा व्यापक रूपमा लागू गरेको थियो। यस नवीन प्रयासको गहन मूल्याङ्कन हुन बाँकी भए पनि केही बीसीएन अनुदानग्राहीको अनुभवबाट केही निष्कर्ष स्पष्ट भएका छन्।

यो पत्रले उद्यम विकासलाई जैविक विविधता संरक्षण प्रोत्साहनसँग जोड्ने उद्यममा आधारित सहभागितामूलक संरक्षण पद्धतिको एउटा पक्षको परीक्षण गर्नेछ। यसले प्रश्नलाई सम्बोधन गर्नेछ: के वातावरणप्रति सचेत उद्यमले आफैँ संरक्षणवादी तरिकाले काम गर्ने अपेक्षा गर्न सकिन्छ? मेरो उत्तर छ, सधैँ होइन।