
लेखक: नरेन्द्र एन तिवारी, रामचन्द्र पौडेल र यादव उप्रेती प्रकाशक: विनरक इन्टरनेसनल भाषा: अङ्ग्रेजी प्रकाशन मिति: नोभेम्बर २००४ पृष्ठ सङ्ख्या: ४६ + ८ मूल्य: निःशुल्क
विनरक इन्टरनेसनलको नेतृत्वमा बीडीएस–माप्स परियोजनाले काठमाडौँ उपत्यकामा सरकारी र निजी आयुर्वेदिक उत्पादक, व्यापारिक घर र आयुर्वेदिक अभ्यासकर्ता/क्लिनिकले औषधीय तथा सुगन्धित वनस्पतिको उपभोगको अवस्था मूल्याङ्कन गर्न अध्ययन सञ्चालन गर्यो। जम्मा २१४ प्रजाति/रूपका एनटीएफपी/एमएपी आयुर्वेदिक मिश्रणको विभिन्न रूपमा वा सुगन्धित तेलका रूपमा प्रशोधन र व्यापारमार्फत प्रयोगमा रहेको अभिलेख गरिएको छ। २१४ प्रजातिमध्ये १२८ एनटीएफपी/एमएपी प्रजातिको माग नेपालबाट पूरा हुन्छ भने ७५ एनटीएफपी/एमएपी प्रजाति विशेषगरी भारतबाट आयात गरिन्छन् र ११ एनटीएफपी/एमएपी प्रजाति सामान्यतया नेपाल वा भारत जुनसुकैबाट लिइन्छन्। काठमाडौँ उपत्यकामा जडीबुटीको वार्षिक उपभोग १८६ प्रजातिबाट अनुमानित १०,३१,४८१ केजी र १९ प्रजातिबाट ३८,९७५ केजी सुगन्धित तेल छ। यसबाहेक यो अध्ययनले सहकारीमार्फत समुदायमा आधारित बजारीकरणको मोड्युल अन्वेषण गर्यो।
डाउनलोड (पीडीएफ, 311.82 KB)