पुस्तक तथा पुस्तिका

जिरी नगरपालिकाको कृषि तथा वन स्रोतको संरक्षण र दिगो उपयोगसम्बन्धी रणनीतिक योजना (अङ्ग्रेजी संस्करण)

लेखक: जिरी नगरपालिका, एन्साबको प्राविधिक सहजीकरणमा भाषा: अङ्ग्रेजी प्रकाशन मिति: जुन २०२१ आईएसबीएन: उपलब्ध छैन पृष्ठ सङ्ख्या: ४८+१० मूल्य: निःशुल्क

एन्साबको प्राविधिक सहजीकरणमा जिरी नगरपालिकाले कृषि र वन स्रोतको संरक्षण र दिगो उपयोगका लागि रणनीतिक योजना विकास गरेको छ। यो एक महत्त्वपूर्ण कोसेढुङ्गा र नगरपालिकालाई सान्दर्भिक कानुन, आवधिक योजना र वार्षिक कार्यक्रम विकास गर्न तथा बाह्य विकास सहयोगका लागि हस्तक्षेप पहिचान गर्न मार्गदर्शन गर्ने जीवन्त दस्तावेज हो। रणनीतिक योजना सार्वजनिक–निजी–सामुदायिक साझेदारी (पीपीसीए) को साझा विकास दृष्टिकोणअनुरूप विकास गरिएको हो। यो दस्तावेजले स्थानीय सरकार तहमा दिगो प्राकृतिक स्रोतमा आधारित उद्यम र आर्थिक विकासको प्रदर्शनका लागि मार्गदर्शन उपलब्ध गराउँछ, जसले अन्य क्षेत्रमा दोहोर्‍याउने र विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

जिरी रणनीतिक योजना (अङ्ग्रेजी संस्करण) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्>>>