पुस्तक तथा पुस्तिका

नेपालको वन क्षेत्रमा निजी क्षेत्रको संलग्नता र लगानी: अवस्था, सम्भावना र अगाडिको बाटो

लेखक: भीष्म प्र. सुवेदी, पुष्पा ल. घिमिरे, एन कुन्ट्ज, सुदर्शन च. खनाल, प्रकाश कटुवाल, कबिर रा. स्थापित र श्रुति खड्का मिश्र
प्रकाशक: बहु–सरोकारवाला वन कार्यक्रम (एमएसएफपी)
भाषा: अङ्ग्रेजी
प्रकाशन मिति: मार्च २०१४
पृष्ठ सङ्ख्या: 179+65
मूल्य: निःशुल्क


एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) र यसका कन्सोर्टियम साझेदारले नेपालको बहु–सरोकारवाला वन कार्यक्रम (एमएसएफपी) को तर्फबाट सञ्चालन गरेको यो राष्ट्रियस्तरको अध्ययनले नेपालमा दिगो, हरित र समावेशी विकास मोडेलतर्फ डोर्‍याउने आर्थिक रूपमा सम्भाव्य र सामाजिक तथा वातावरणीय रूपमा जिम्मेवार वनमा आधारित उद्योग विकासको हालको अवस्था र भावी सम्भावनाको मूल्याङ्कन र विश्लेषण गर्छ। अध्ययनले काठ, गैरकाष्ठ वन पैदावार, पारिस्थितिक प्रणाली सेवा (विशेष गरी पर्यापर्यटन र कार्बन) र वन बायोऊर्जा गरी चार प्रमुख उप–क्षेत्रमा वन उद्यमलाई प्राथमिकता दिएको छ र यी उप–क्षेत्रमा निजी क्षेत्रको संलग्नता र लगानीको हालको अवस्था र भावी सम्भावनाको गहन बुझाइसँगै उपयुक्त हस्तक्षेप रणनीति विकास गरेको छ।