प्रस्तुति तथा कार्यवाही

साना वन तथा खेतबारीका रुख उद्यमलाई सहजीकृत सहयोगका लागि दुर्लभ स्रोतको प्राथमिकीकरण: तेस्रो अन्तर्राष्ट्रिय फरेस्ट कनेक्ट कार्यशालाको कार्यवाही

काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय फरेस्ट कनेक्ट बैठक २०१३ फेब्रुअरी १२ देखि १५ सम्म एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) को आतिथ्यमा सञ्चालन भयो। यसले साना वन र खेतीबारीका रूख उद्यमको सहजीकृत सहयोगका लागि अभाव भएका स्रोतलाई कसरी प्राथमिकता दिने भन्ने प्रमुख मुद्दालाई सम्बोधन गर्‍यो। यो प्रतिवेदनले देश–विशिष्ट प्रारम्भिक अध्ययनका प्रस्तुति; नेपालका उद्यममा क्षेत्र भ्रमण; र भावी प्राथमिकीकरणका लागि कार्यशाला अभ्यासको विस्तृत विवरण दिन्छ।