पुस्तक तथा पुस्तिका

आर्थिक वृद्धि र विकासमा वन क्षेत्रको सम्भावना – पाँच विषयगत सङ्क्षिप्त अवधारणापत्र

लेखक: भीष्म प्र. सुवेदी, पुष्पा ल. घिमिरे, सुदर्शन च. खनाल, सुशील ज्ञवाली, प्रकाश कटुवाल, कबिर रा. स्थापित र कल्याण गौली
प्रकाशक: बहु–सरोकारवाला वन कार्यक्रम (एमएसएफपी)
भाषा: अङ्ग्रेजी
प्रकाशन मिति: नोभेम्बर २०१४
पृष्ठ सङ्ख्या: 35
मूल्य: निःशुल्क

यो प्रकाशनले बहु–सरोकारवाला वन कार्यक्रम (एमएसएफपी) का लागि नेपालको वन क्षेत्रमा निजी क्षेत्रको संलग्नता र लगानीको अवस्था र सम्भावना पहिचान गर्न एन्साब र यसका कन्सोर्टियम साझेदारले सञ्चालन गरेको राष्ट्रियस्तरको अध्ययनको हिस्साका रूपमा तयार गरिएका विभिन्न विशिष्ट विषयका पाँचवटा पत्रको सूची प्रस्तुत गर्छ। पत्रहरू: क) वन उद्योगबाट वृद्धि र समतामूलक विकासका लागि मूल्य शृङ्खला शासन सुधार ख) नेपालमा निजी वनको क्षेत्र ग) नेपालमा पारिस्थितिक प्रणाली सेवाको भुक्तानी: अवस्था, सम्भावना र अगाडिको बाटो घ) नेपालमा हरित र निष्पक्ष काठ मूल्य शृङ्खला प्रवर्द्धन ङ) नेपालमा वनमा आधारित उद्यमका लागि सबैभन्दा आशाजनक उप–क्षेत्र विकल्प।