मिति: डिसेम्बर १५, २०१० स्थान: होटल शङ्कर, काठमाडौँ, नेपाल आयोजक: प्रोफर–विश्व बैंक भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: ४४ मूल्य: निःशुल्क
कार्यकारी निर्देशक भीष्म सुवेदीले प्रोफर–विश्व बैंक नेपाल वन क्षेत्र समीक्षा परियोजना कार्यशालामा नेपालमा गैरकाष्ठ वन पैदावारको संरक्षण र दिगो उपयोगका लागि हालको नीतिगत तथा नियामक वातावरणबारे प्रस्तुति दिनुभयो। प्रस्तुतिले नीति निर्माण र पुनरावलोकन प्रक्रिया सुधार; राष्ट्रिय कानुन परिमार्जन र निर्माण; विशेष गरी शासन र समन्वयसहित कार्यान्वयन अभ्यास सुधार; र प्रभावकारी अनुगमन प्रणाली स्थापना गरेर नीतिगत तथा नियामक वातावरण सुधार्ने विशाल गुञ्जायस पहिचान गर्यो।