प्रस्तुति तथा कार्यवाही

नेपालका तीन जलाधार क्षेत्रका समुदाय व्यवस्थित वनमा रेड–प्लस नमुना परियोजना: सुधारिएको वन व्यवस्थापनका लागि प्रोत्साहन

मिति: डिसेम्बर १०–११, २०१३ स्थान: केप टाउन, दक्षिण अफ्रिका आयोजक: संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) र केप टाउन विश्वविद्यालय, दक्षिण अफ्रिका भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: १९ मूल्य: निःशुल्क

एन्साबका अनुसन्धान, योजना तथा सञ्चार प्रबन्धक – सुदर्शन खनालले दक्षिण अफ्रिकाको केप टाउनमा डिसेम्बर ११ र १२, २०१३ मा आयोजित जलाधार व्यवस्थापनका लागि बजारमा आधारित प्रोत्साहनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालामा “नेपालका तीन जलाधार क्षेत्रका समुदाय व्यवस्थित वनमा रेड–प्लस पाइलट परियोजना: सुधारिएको वन व्यवस्थापनका लागि प्रोत्साहन” विषयमा केस अध्ययन प्रस्तुत गर्नुभयो। युनेपले केप टाउन विश्वविद्यालयसँगको सहकार्यमा कार्यशाला आयोजना गर्‍यो, जसले मस्यौदा नीतिगत प्रकाशनको पुनरावलोकन गर्‍यो र जल स्रोत व्यवस्थापनका लागि बजारमा आधारित प्रोत्साहन कार्यान्वयनका नीतिगत सिफारिस पहिचान गर्‍यो।