दिगो संकलन

पञ्चौले

वैज्ञानिक नाम: Dactylorhiza hatagirea (D.Don) Soó परिवार: Orchidaceae नेपाली नाम: पाँचऔंले (Panchaaule) अङ्ग्रेजी नाम: Salep, Marsh Orchid, Himalayan Orchid

 

यो ३०–६० सेन्टिमिटरसम्म अग्लो हुने भूमिमा उम्रने, बहुवर्षीय, कन्द हुने सुनाखरी हो। यसका भूमिगत कन्दजस्ता जरा सामान्यतया ३–५ वटा खण्ड भएका, औँलाजस्ता, बाहिरी रूपमा हल्का पहेँलोदेखि खैरो र भित्रपट्टि सेता र मासुयुक्त हुन्छन्। पातहरू ठूला, उल्टो भालाकार, पात–डाँठ भएका, प्रायः बैँगनी थोप्ला भएका, ५–३० सेन्टिमिटर लामो र २–४ सेन्टिमिटर चौडा हुन्छन्। यसले बाक्लो मञ्जरीमा सजिएका आकर्षक गुलाबीदेखि बैँगनी फूल फुलाउँछ। एउटै पूर्ण विकसित बिरुवाले करिब २.५ ग्राम (सुकाउँदा ०.६४ ग्राम) ताजा कन्द दिन्छ। फूल फुल्ने समय: असार–साउन (जुन–जुलाई)। फल लाग्ने समय: साउन–भदौ (जुलाई–अगस्ट)।