
कृषि बजार सूचना प्रणाली (एमआईएस) को मुख्य उद्देश्य लक्षित प्रयोगकर्ता, विशेष गरी किसानको बजारीकरण निर्णयमा सहयोग गर्नु हो। यो समीक्षात्मक अध्ययनले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका सान्दर्भिक कृषि बजार सूचना प्रणालीको अवलोकन गर्छ र समान परिस्थितिमा कृषि तथा गैरकाष्ठ वन पैदावार बजार सूचना प्रणाली विकास र सुदृढीकरणका लागि विचार र अन्तर्दृष्टि उत्पन्न गर्न प्रयास गर्छ। अध्ययन प्रकाशित सामग्री, वेब स्रोत, र नेपालका केसका लागि बजार सूचना प्रणालीका सहभागीसँगको अन्तरक्रिया र अन्तर्वार्ताको प्रयोग गरेर सञ्चालन गरिएको हो।