
यो ३०–६० सेन्टिमिटरसम्म अग्लो हुने भूमिमा उम्रने, बहुवर्षीय, कन्द हुने सुनाखरी हो। यसका भूमिगत कन्दजस्ता जरा सामान्यतया ३–५ वटा खण्ड भएका, औँलाजस्ता, बाहिरी रूपमा हल्का पहेँलोदेखि खैरो र भित्रपट्टि सेता र मासुयुक्त हुन्छन्। पातहरू ठूला, उल्टो भालाकार, पात–डाँठ भएका, प्रायः बैँगनी थोप्ला भएका, ५–३० सेन्टिमिटर लामो र २–४ सेन्टिमिटर चौडा हुन्छन्। यसले बाक्लो मञ्जरीमा सजिएका आकर्षक गुलाबीदेखि बैँगनी फूल फुलाउँछ। एउटै पूर्ण विकसित बिरुवाले करिब २.५ ग्राम (सुकाउँदा ०.६४ ग्राम) ताजा कन्द दिन्छ। फूल फुल्ने समय: असार–साउन (जुन–जुलाई)। फल लाग्ने समय: साउन–भदौ (जुलाई–अगस्ट)।