दिगो संकलन

कुट्की

वैज्ञानिक नाम: Neopicrorhiza scrophulariiflora (Pennell)D.Y.Hong. परिवार: Plantaginaceae नेपाली नाम: कुट्की (Kutki) अङ्ग्रेजी नाम: Picrorhiza

यो घस्रिँदै फैलिने प्रकन्द भएको सानो, बहुवर्षीय जडीबुटी हो। यसको भूमिगत प्रकन्द तीतो स्वादको, बाङ्गोटिङ्गो, करिब ६० सेन्टिमिटर लामो, प्रस्ट पातका दाग भएको हुन्छ र गाँठाहरूबाट जरा हाल्छ। पातहरू सबै जराको नजिकका, चम्चाको आकारदेखि आयताकार, दाँतेदार किनारा र छोटो पात–डाँठ भएका हुन्छन्। फूल फुल्ने डाँठ पातभन्दा अग्लो हुन्छ र निलो–बैँगनीदेखि बैँगनी–निलो रङका साना फूलको बाक्लो मञ्जरी बोक्छ। फूल फुल्ने समय असार–भदौ (जुन–अगस्ट) हो।