दिगो संकलन

यार्सागुम्बा

वैज्ञानिक नाम: Ophiocordyceps sinensis (Berk.) G.H.Sung,J.M.Sung, Hywel-Jones & Spatafora परिवार: Ophiocordycipitaceae नेपाली नाम: यार्सागुम्बा (Yarsagumba) अङ्ग्रेजी नाम: Caterpillar Fungus

यार्सागुम्बा नेपालको उच्च हिमाली र ट्रान्स–हिमाली क्षेत्रभरि वितरित छ, मुख्यतया अल्पाइन घाँसे मैदान र चरनमा पाइन्छ। यो प्रजाति नेपालका २८ वटा उत्तरी जिल्लामा पाइएको प्रतिवेदन छ। सबैभन्दा बढी सघनता र उत्पादनशील वासस्थान पश्चिमी र उत्तर–पश्चिमी हिमाली जिल्ला, मुख्यतया डोल्पा, दार्चुला, हुम्ला, मुगु र जुम्लामा पाइन्छन्।