दिगो संकलन

सेतकचिनी

वैज्ञानिक नाम: Polygonatum spp. परिवार: Liliaceae नेपाली नाम: सेतकचिनी (Setakchini) अङ्ग्रेजी नाम: Solomon’s Seal

यो ६०–१२० सेन्टिमिटरसम्म अग्लो हुने ठाडो, बहुवर्षीय जडीबुटी हो। यसको भूमिगत जराको डाँठ (प्रकन्द) गुलियो स्वादको, मासुयुक्त र पातको दाग भएको हुन्छ। पातहरू साना, ४–८ वटाको चक्रमा, डाँठविहीन, रेखीय वा भालाकार हुन्छन्। फूलहरू सेता, चक्राकार मञ्जरीमा, २–३ वटाको गुच्छामा, झुण्डिएका र नलीजस्ता हुन्छन्। फलहरू बेरी हुन्, चम्किलो रातो रङबाट गाढा बैँगनीमा परिवर्तन हुने। फूल फुल्ने र फल लाग्ने समय जेठ–भदौ (मे–अगस्ट) हो।

सेतकचिनी | ANSAB