लेखक: भीष्म प्र. सुवेदी, इन्दु बि. सापकोटा, सूर्य बि. विनायी प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: मार्च २००९ पृष्ठ सङ्ख्या: ३३ मूल्य: निःशुल्क
यस अनुसन्धान परियोजनाको मुख्य उद्देश्य नेपालमा स्थानीयदेखि राष्ट्रिय तहसम्म सामुदायिक वन र गैरकाष्ठ वन पैदावारमुखी नीति निर्माणको विकासक्रममा विभिन्न पात्र र सरोकारवालाको अनुभवजन्य सिकाइलाई फर्केर हेर्ने, विश्लेषण गर्ने, संश्लेषण गर्ने र अभिलेख गर्ने थियो। अध्ययन अन्वेषणात्मक र अनुसन्धानात्मक प्रकृतिको थियो र सहभागितामूलक क्रियात्मक अनुसन्धान (पीएआर) ढाँचा नीतिगत केस विकासको आधार थियो। त्यसैले अध्ययन सामुदायिक वन र गैरकाष्ठ वन पैदावारसँग सम्बन्धित राष्ट्रिय चासोका थोरै तर महत्त्वपूर्ण नीतिगत मुद्दा/निर्णय छनोट गरेर सुरु भयो।