लेखक: भीष्म प्र. सुवेदी, सूर्य बि. विनायी र इन्दु बि. सापकोटा प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: फेब्रुअरी २००४ पृष्ठ सङ्ख्या: ११ मूल्य: निःशुल्क
यो पत्रले औषधीय तथा सुगन्धित वनस्पति (एमएपी) सहित गैरकाष्ठ वन पैदावार स्थानीय समुदायका लागि बहुमूल्य उत्पादन समूह हुने नेपालको हिमाली र ट्रान्स–हिमाली क्षेत्रमा उद्यममुखी सामुदायिक वन व्यवस्थापनमा एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) का दृष्टिकोण र रणनीति डिजाइन र कार्यान्वयनका पहल र अनुभवबाट विकसित सामुदायिक वनका प्रगति विश्लेषण र अभिलेख गर्ने प्रयास गर्छ। यो पत्रले नेपालको दार्चुलामा जनवरी २००२ देखि कार्यान्वयन भएको दिगो जीविकोपार्जनका लागि औषधीय तथा सुगन्धित वनस्पति संरक्षणसम्बन्धी आईडीआरसी सहयोगित परियोजनाबाट पनि पाठ निकाल्छ।