प्रस्तुति तथा कार्यवाही

नेपाल तथा उत्तराखण्ड हिमालका वनका पारिस्थितिक प्रणाली सेवा

मिति: नोभेम्बर १८, २०१० स्थान: होटल शाङ्ग्री–ला, काठमाडौँ, नेपाल आयोजक: बर्डलाइफ इन्टरनेसनल, बर्ड कन्जर्भेसन नेपाल, डार्विन इनिसिएटिभ भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: २९ मूल्य: निःशुल्क

सुदर्शन खनालले नोभेम्बर १८, २०१० मा काठमाडौँमा आयोजित ‘राम्रो जैविक विविधता संरक्षणका लागि पारिस्थितिक प्रणाली सेवा बुझ्ने, मूल्याङ्कन र अनुगमन’ विषयक बर्डलाइफ इन्टरनेसनलको कार्यशालामा नेपाल र उत्तराखण्ड हिमालयका वनको पारिस्थितिक प्रणाली सेवासम्बन्धी केस अध्ययन प्रस्तुत गर्नुभयो। प्रस्तुतिले विशेष गरी नेपाल र उत्तराखण्ड हिमालयका वनका प्रमुख पारिस्थितिक प्रणाली सेवा, तिनका प्रदायक र प्राप्तकर्ता; यी वनमा सञ्चित कार्बनको मात्रा; र यी क्षेत्रमा वन कार्बन र मनोरञ्जन सेवाको मूल्यको सूची तयार गर्‍यो। प्रस्तुतिले विश्वभर विद्यमान पारिस्थितिक प्रणाली सेवाको भुक्तानी (पीईएस) को पनि समीक्षा गर्‍यो; र पर्वतीय वनका लागि पारिस्थितिक प्रणाली सेवाको भुक्तानी प्राप्त गर्ने विकल्पहरूको अन्वेषण गर्‍यो।

नेपाल तथा उत्तराखण्ड हिमालका वनका पारिस्थितिक प्रणाली सेवा | ANSAB