पुस्तक तथा पुस्तिका

एक स्वास्थ्य पेशाकर्मीको निर्देशिका

लेखक: एन्साब प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: डिसेम्बर २०१६ आईएसबीएन: उपलब्ध छैन पृष्ठ सङ्ख्या: ६०+११ मूल्य: निःशुल्क

एन्साबले रिलिफ इन्टरनेसनल (आरआई) सँगको साझेदारी र युरोपेली सङ्घको आर्थिक सहयोगमा नेपालमा कार्यान्वयन गरेको वन हेल्थ एसिया कार्यक्रम अन्तर्गत “वन हेल्थ व्यावसायिकको निर्देशिका” प्रकाशन गरेको छ। निर्देशिकाले चितवन, रूपन्देही र बाँके जिल्लाका जनस्वास्थ्य र पशु स्वास्थ्य अभ्यासकर्ता र व्यावसायिकको सम्पर्क विवरण एकै ठाउँमा ल्याएको छ। यो निर्देशिकाबाट प्रत्येक जिल्लाका सेवाग्राहीले आफ्नो उपयुक्त स्थानका व्यावसायिक र अभ्यासकर्तासँग परिचित हुन र आ–आफ्नो सेवाका लागि उनीहरूलाई सम्पर्क गर्न सक्ने अपेक्षा गरिएको छ। सम्पर्क विवरणले जिल्ला तथा क्षेत्रीय र केन्द्रीय तहमा वन हेल्थ क्षेत्रमा संलग्न व्यावसायिकबीच सहकार्य, सञ्जालीकरण र समन्वयमा पनि मद्दत गर्नेछ।