लेखक: भीष्म प्र. सुवेदी, सुदर्शन च. खनाल र पुष्पा ल. घिमिरे प्रकाशक: संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र इन्टरनेसनल इन्स्टिच्युट फर एन्भायरोन्मेन्ट एण्ड डेभलपमेन्ट (आईआईईडी) भाषा: अङ्ग्रेजी प्रकाशन मिति: फेब्रुअरी २०१८ आईएसबीएन: 978-92-5-130394-8 पृष्ठ सङ्ख्या: १७ मूल्य: निःशुल्क
नेपाल जैविक र सांस्कृतिक विविधतामा धनी छ, जसमा ग्रामीण समुदाय निर्भर रहेका धेरै प्राकृतिक स्रोत समावेश छन्। तैपनि नेपाल विश्वको सबैभन्दा गरिब देशमध्ये एक हो। सन् १९९० को दशकको सुरुदेखि नेपालस्थित एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) ले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा साना किसानको जीविकोपार्जन आवश्यकता सम्बोधन गर्ने ठूलो सम्भावना रहेको महसुस गर्यो। यस लेखमा लेखकहरूले व्यवसाय इन्क्युबेसनले स्थानीय रूपमा नियन्त्रित खेती र वनमा आधारित उद्यमको वृद्धि र दिगोपनालाई कसरी प्रोत्साहन गर्न सक्छ भनी अन्वेषण गर्छन्। उनीहरूले व्यावसायिक सम्भावना भएका मूल्य शृङ्खला पहिचान गर्ने र प्राविधिक सहयोग, नेतृत्व र सरकार तथा विकास सङ्गठनको प्रारम्भिक सहयोग प्रदान गर्ने, र स्थानीय समुदायलाई जिम्मेवारी र स्वामित्व सुम्पनेजस्ता विशिष्ट आवश्यकता र अन्तर सम्बोधन गर्ने समग्र कार्यक्रम विकासको वकालत गर्छन्।