प्रस्तुति तथा कार्यवाही

सामुदायिक वन तथा गैरकाष्ठ वन पैदावार नीति अनुसन्धान कार्यशाला

मिति: जुलाई २८–३०, २००४ स्थान: गोदावरी, काठमाडौँ, नेपाल आयोजक: एन्साब भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: २३ मूल्य: निःशुल्क

एन्साब (एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज) ले वनस्पति स्रोत विभाग, वन विभाग, वन तथा भू–संरक्षण मन्त्रालयका उच्च स्तरीय सरकारी प्रतिनिधि; दाता सङ्गठन, आईडीआरसी; तल्लो तहका समुदाय, निजी क्षेत्र सङ्गठनका प्रतिनिधि; र सम्बन्धित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सहभागीलाई जम्मा गरेर जुलाई २८–३०, २००४ मा गोदावरीमा सामुदायिक वन तथा गैरकाष्ठ वन पैदावार नीति अनुसन्धान कार्यशाला आयोजना गर्‍यो।

कार्यशालाको उद्देश्य विगतमा गरिएका निर्णयको नीति निर्माण प्रक्रियामा प्रतिबिम्ब, प्रभाव परीक्षण, अनुभव र नतिजा खोतल्दै सहभागितामूलक क्रियात्मक अनुसन्धान गर्नु थियो। उद्देश्यसम्म पुग्न विगतमा गरिएका प्रक्रियाले नीति निर्माणमा कसरी सहयोग गरेका छन् भन्नेमा प्रयास गरियो। त्यसपछि कार्यशालाले रणनीतितर्फ पुग्न र सहभागितामूलक क्रियात्मक अनुसन्धान अगाडि बढाउन प्रयास गर्‍यो।