लेखक: डा. माइकल ए. रेक्लिन, डा. डेनियल टेलर, डा. जिम लिचाटोविच, डा. पराख हुन, शिवशङ्कर पाण्डे र डा. भीष्म सुवेदी, बेबर्ली डि लियोन र जेसी टेलर। प्रकाशक: फ्युचर जेनेरेसन्स ग्राजुएट स्कुल अफ एप्लाइड कम्युनिटी चेन्ज एण्ड कन्जर्भेसन भाषा: अङ्ग्रेजी प्रकाशन मिति: मार्च २००८ पृष्ठ सङ्ख्या: १३४ मूल्य: निःशुल्क
यो पत्रले वैज्ञानिक साहित्यबाट लिइएको समुदायमा आधारित संरक्षणको हालको सोच र प्रवृत्तिको विश्लेषण प्रस्तुत गर्छ। यो मूर फाउन्डेसनलाई समुदायमा आधारित संरक्षणको विश्वव्यापी साहित्यबारे जानकारी दिन र मूर फाउन्डेसनका व्यवस्थापकलाई मुद्दाहरू बुझ्न सहयोग गर्न लेखिएको हो।
हालको शैक्षिक साहित्यको पुनरावलोकन र समुदायमा आधारित संरक्षणका विशिष्ट केस अध्ययनको संयोजनमार्फत यो प्रतिवेदनले सफलताका तत्त्व र समुदायमा आधारित संरक्षणले सामना गर्ने चुनौती निचोड्छ। यस पत्रमा पाँच प्रमुख क्षेत्र सम्बोधन गरिएका छन्: