प्रस्तुति तथा कार्यवाही

गैरकाष्ठ वन पैदावारको प्रमाणीकरण तथा दिगो बजारीकरण परियोजना: वार्षिक समीक्षा तथा योजना बैठकको कार्यवाही

मिति: जनवरी ९ – १०, २००४ स्थान: गोदावरी, काठमाडौँ, नेपाल आयोजक: एन्साब भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: १७ मूल्य: निःशुल्क

गैरकाष्ठ वन पैदावारको प्रमाणीकरण र दिगो बजारीकरण – सार्वजनिक निजी साझेदारी (पीपीए) परियोजना सेप्टेम्बर २००२ मा सम्पूर्ण साझेदारी गतिविधिको समन्वयकर्ताका रूपमा एन्साबसहित सुरु भएको थियो। परियोजना नेपालको गैरकाष्ठ वन पैदावार क्षेत्रलाई निम्न कुरामा सहयोग गर्न अमेरिकी उत्पादन खरिदकर्ता र डिजाइनर, प्रमाणीकरण विज्ञ, नेपाली कम्पनीको विविध दायरा, सञ्जाल र गैरसरकारी संस्था, र दाताहरूलाई एकै ठाउँमा ल्याउने पहल हो:

  • नेपालका गैरकाष्ठ वन पैदावार उत्पादकको (विशेष गरी दुर्गम ग्रामीण क्षेत्रमा) आम्दानी र रोजगारी बढाउने;
  • दिगो स्रोत व्यवस्थापन प्रवर्द्धन गर्ने;
  • नेपालमा गैरकाष्ठ वन पैदावारका लागि प्रमाणीकरण कार्यक्रम संस्थागत गर्ने; र
  • पश्चिमका उद्योग सदस्यबीच जिम्मेवार खरिद अभ्यास विस्तार गर्ने।

परियोजनाका रूपमा पीपीएले गैरकाष्ठ वन पैदावार र वन समुदायका लागि प्रमाणीकरण मोडेलमा अग्रणी अभ्यास प्रदर्शन र उत्पन्न गर्ने; उद्योग/उत्पादक उत्पादन डिजाइन सहकार्य र गैरकाष्ठ वन पैदावार उद्योगको “जिम्मेवार खरिद” अभ्यासमार्फत वन समुदायको गरिबी निवारण गर्ने अवसर प्रदान गर्छ। साझेदारीका प्रत्येक सदस्यले परियोजना उद्देश्यको कार्यान्वयनमा सहयोगी हुने आ–आफ्ना क्षेत्रको विशेषज्ञता ल्याउँछन्।

गैरकाष्ठ वन पैदावारको प्रमाणीकरण र दिगो बजारीकरण परियोजनाको एक वर्ष पूरा भएपछि जनवरी ९–१० २००४ मा काठमाडौँ (गोदावरी गाउँ रिसोर्ट) मा समीक्षा र योजना बैठक आयोजना गरियो। बैठकमा नेपालमा सामुदायिक वन उपभोक्ता समूह विकास र गैरकाष्ठ वन पैदावार उद्योग समन्वयको क्षेत्रमा काम गर्ने राष्ट्रिय सङ्गठनसहित विभिन्न साझेदार सदस्यको प्रतिनिधित्व गर्ने २४ भन्दा बढी सहभागी थिए।