
एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायोरिसोर्सेज (एन्साब) ले रिलिफ इन्टरनेसनल (आरआई) सँगको साझेदारी र युरोपेली सङ्घको आर्थिक सहयोगमा मार्च २०१४ देखि तीन वर्षका लागि नेपालमा वन हेल्थ एसिया कार्यक्रम (ओएचएपी) कार्यान्वयन गर्दै आएको छ। परियोजना मानिस, पशु र तिनका विभिन्न वातावरणको अन्तरसम्बन्धबाट उत्पन्न जोखिम र सङ्कट न्यूनीकरणमार्फत कमजोर जनसङ्ख्याको स्वास्थ्य र समृद्धि सुधार गर्ने वन हेल्थ दृष्टिकोणमा आधारित छ। परियोजनाले तीन वर्षभित्र नेपालका चितवन, रूपन्देही र बाँके जिल्लामा i) व्यवहार परिवर्तनका लागि चेतना सिर्जना गरेर; ii) समुदाय, सरकारी निकाय र शैक्षिक क्षेत्रको रोकथाम र प्रतिक्रिया क्षमता विकास गरेर; र iii) जुनोटिक रोगको निगरानीलाई सरकारको विद्यमान प्रणाली र नियमनमा एकीकृत गरेर जुनोटिक रोग घटाउने र कमजोर जनसङ्ख्यामा तिनका प्रभाव कम गर्ने काम गर्नेछ।
आधाररेखा सर्वेक्षण र पूर्व–केएपी (ज्ञान, अभिवृत्ति र अभ्यास) अध्ययन परियोजना जिल्लामा आधाररेखा जानकारी अभिलेख गर्न एन्साबले गराएको थियो, जुन उपलब्धिका परिवर्तन र प्रगतिविरुद्ध मापदण्डका रूपमा प्रयोग गरिनेछ। सामान्यतया देश र विशेष गरी तीनवटा परियोजना जिल्लामा जुनोटिक रोगका लागि उपचारात्मक र निदानात्मक सेवा प्रदान गर्ने संस्थाको विस्तृत मूल्याङ्कनसँगै अध्ययनले तीन जिल्लामा पशु स्वास्थ्य र पालनपोषण, जुनोटिक रोग र जनस्वास्थ्यमा तिनका प्रभावबारे केएपी अवस्थाको विश्लेषण गरेको छ। यस अध्ययनका निष्कर्षको मूल्याङ्कन पछि परियोजना कार्यान्वयनका क्रममा तार्किक ढाँचामा प्रस्तुत प्रमाणित सूचक प्रयोग गरेर गर्न सकिन्छ।