पुस्तक तथा पुस्तिका

पूर्वी नवलपरासीमा आधाररेखा वन कार्बन मूल्याङ्कन

एन्साब र म्यानफ्रेड–हर्म्सेन–स्टिफ्टुङ (एमएचएस) ले अन्तर्राष्ट्रिय जलवायु पहल (आईकेआई) र एमएचएसको आर्थिक सहयोगमा चारवटा नगरपालिकामा ‘ग्रामीण समुदायमा प्रकृति संरक्षण र कृषि–वन उत्पादन’ परियोजना कार्यान्वयन गर्दैछन्। यो परियोजनाले वन र खेतीबारीको सुधारिएको समुदायमा आधारित व्यवस्थापनमार्फत जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिन्छ र स्थानीय समुदायको जीविकोपार्जन तथा विकासका सम्भावना बढाउँछ।

यो अध्ययन प्रतिवेदनले पूर्वी नवलपरासीका चारवटा नगरपालिका, अर्थात् कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी–त्रिवेणी गाउँपालिकाको वन कार्बन भण्डारको व्यापक मूल्याङ्कन प्रस्तुत गर्छ, जसको अन्तर्निहित उद्देश्य परियोजनाले प्रेरित गरेका दिगो वन व्यवस्थापन गतिविधिका कारण भइरहेका परिवर्तन अवलोकन गर्न वन कार्बन भण्डारको आधाररेखा तयार गर्नु हो।