दिगो संकलन

वन लसुन

वैज्ञानिक नाम: Fritillaria cirrhosa D. Don. परिवार: Liliaceae नेपाली नाम: वन लसुन

 

वन लसुन ७५ सेन्टिमिटरसम्म अग्लो हुने बहुवर्षीय, कन्द हुने जडीबुटी हो। यसको भूमिगत कन्दमा २–३ वटा मासुयुक्त, सेता, लसुनको केस्राजस्ता, सानो र हल्का खैरो रङको, तीव्र र तीतो स्वादका पत्र हुन्छन्। पातहरू रेखीय देखि भालाकार हुन्छन्, प्रायः लहरा जस्ता टुप्पा भएका; तल्ला पातहरू आमनेसामने, माथिल्ला पातहरू चक्राकार हुन्छन्। यसले चेस बोर्डजस्तो ढाँचामा विशिष्ट गाढा बैँगनी थोप्ला भएका एकल, निहुरिएका, पहेँलो–हरियो वा पहेँलो–खैरो फूल फुलाउँछ। फूल फुल्ने समय जेठ–असार (मे–जुन) हो।

वन लसुन | ANSAB