यस अध्ययनका दुई मुख्य उद्देश्य छन्: क) टिमुर, खसीको मासु, बेसार र बेमौसमी तरकारी (विशेष गरी गोलभेँडा, हरियो सिमी/मटरकोशा, काउली र बन्दागोभी) को मूल्य शृङ्खला विश्लेषण गर्नु र ख) परियोजना जिल्ला र प्रमुख बजार केन्द्रमा यी उत्पादनको आधाररेखा स्थापना गर्नु। अध्ययन चार मूल्य शृङ्खलाको हालको अवस्था र भावी सम्भावना बुझ्न पर्याप्त आधार उपलब्ध गराउन र परियोजना हस्तक्षेपबाट सम्बोधन गर्न सकिने ग्रामीण गरिबको उत्पादन, आम्दानी र रोजगारी बढाउने विशिष्ट अवरोध र अवसर पहिचान गर्न योजना गरिएको हो।