यस अध्ययनको समग्र उद्देश्य नेपालको वन क्षेत्रमा निजी क्षेत्रको लगानी र संलग्नताको हालको अवस्था र भावी सम्भावनाको गहिरो बुझाइ विकास गर्नु र यसलाई उपयुक्त हस्तक्षेपसहितको रणनीतिक योजना विकास गर्न प्रयोग गर्नु थियो।
विशिष्ट उद्देश्य:
- वनमा निजी क्षेत्रको संलग्नताको अवस्था, जस्तै लगानी, रोजगारी, संस्थागत विधि, नीति आदिबारे सन्दर्भ सूचनाको सारांश तयार गर्ने। यसमा सामुदायिक वन प्रभाव अध्ययन, नेपालको वन क्षेत्रमा रोजगारी, बहुसरोकार वन कार्यक्रम आधाररेखा सर्वेक्षणलगायत तर यीमा मात्र सीमित नरहेका विद्यमान ज्ञानमा आधारित भई नेपालको वन क्षेत्रमा निजी क्षेत्रको संलग्नताको हालको अवस्था र लगानी मोडेल प्रस्तुत गर्ने अवस्था–मूल्याङ्कन (स्टक–टेकिङ) समावेश हुनुपर्छ;
- उद्यम र व्यवसाय स्थापनाका लागि बैंक, निजी कम्पनी, सहकारी र निजी उद्यमीजस्ता सम्भावित साझेदार र लगानीकर्ता पहिचान गर्ने र त्यस्तो लगानीको मात्रा र भौगोलिक वितरण तथा महत्त्वपूर्ण उत्पादनको मूल्य शृङ्खलाको बजार सम्भावना अनुमान गर्ने
- नेपालको वन क्षेत्रमा निजी क्षेत्रको संलग्नताका मुख्य बाधा पहिचान गर्ने;
- नेपालको वन क्षेत्रमा निजी क्षेत्रको संलग्नता र रोजगारी सिर्जना प्रवर्द्धन गर्न सक्ने अवसर, कदम, रणनीति र नीतिगत सिफारिस पहिचान गर्ने;
- i) उत्पादन, ii) उत्पादक र iii) वित्तका दृष्टिले विशिष्ट र कार्ययोग्य अवसर पहिचान गर्ने र प्रभावकारी तथा उपयुक्त माध्यमबाट प्रमुख सरोकारवालामा सूचना प्रसार गर्ने
- सम्भावित लगानीकर्ता र चासो राख्ने पक्षका लागि वनमा आधारित उद्योग र लगानी अवसरबारे सूचना–आधार विकास गर्ने;
- यस क्षेत्रमा लगानी र रोजगारी सिर्जनालाई सहयोग गर्ने सम्भावित उत्पादन र हस्तक्षेप पहिचान गर्ने। हस्तक्षेप दुई फरक तहमा सिफारिस गरिनुपर्छ – समग्र रूपमा वन क्षेत्रका लागि र विशेष गरी बहुसरोकार वन कार्यक्रम ले आफ्नो रणनीति विकास गर्न।