
यो परियोजनाको लक्ष्य प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोग प्रवर्द्धन गर्न र सामाजिक न्यायसहित जीविकोपार्जनका विकल्प बढाउन समुदायलाई सहयोग गर्नु थियो।
यस परियोजनाले दोलखा र सिन्धुपाल्चोकका समुदायलाई सान्दर्भिक तालिम, सामग्री, प्रविधि र अवलोकन भ्रमणसँगै बजार प्रणाली सुदृढीकरण गर्दै विशेष गरी पारिस्थितिक प्रणालीमा आधारित व्यावसायिक कृषि (ईसीए) को प्रवर्द्धनमार्फत आम्दानी विविधीकरणमा सहयोग गर्यो; दिगो वन व्यवस्थापन प्रमाणीकरणका लागि सामुदायिक वन उपभोक्ता समूह र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) लाई सहयोग गर्यो; र वातावरणीय रूपमा दिगो, आर्थिक रूपमा व्यवहार्य र सामाजिक रूपमा न्यायोचित दिगो प्राकृतिक उत्पादनमा आधारित उद्यम र स्थानीय आर्थिक विकास मोडेल प्रदर्शन गर्न एभेडा र जिरी नगरपालिकासँग सार्वजनिक–निजी–सामुदायिक गठबन्धन (पीपीसीए) कार्यक्रम विकास गर्यो।