
हालैको राजनीतिक परिवर्तनसँगै नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो र हालै २० वर्षपछि स्थानीय सरकारी निकायको निर्वाचन सम्पन्न गर्यो। अधिकार निक्षेपणसँगै स्थानीय सरकारी निकायलाई स्थानीय विकास योजना तर्जुमा गर्न र जनताको विकास लक्ष्य हासिल गर्न प्रत्येक संस्थाको प्रयास एकीकृत गर्न जिम्मेवारी दिइएको छ। निकै नयाँ निकाय र सीमित विशेषज्ञता भएकाले स्थानीय राजनीतिक निकायले योजना तर्जुमा गर्न, विकास गतिविधि कार्यान्वयन गर्न र अपेक्षित लक्ष्य हासिल गर्न योगदान दिन सक्ने विभिन्न पात्र र सरोकारवालालाई एकै ठाउँमा ल्याउने मोडेल खोजिरहेका छन्। सरकार, निजी क्षेत्र र स्थानीय समुदायको यस प्रकारको साझा मञ्चले नयाँ ज्ञान र विचार ल्याउन, समन्वयात्मक ढङ्गले योजना बनाउन र कार्यान्वयन गर्न र कामको दोहोरोपन घटाउँदै तालमेल सिर्जना गर्न मद्दत गर्नेछ।
यस सन्दर्भमा सिकाइ र अनुभवमा आधारित रहेर एन्साबले परिवर्तनको सामना गर्दै सामाजिक र वातावरणीय रूपमा जिम्मेवार स्थानीय आर्थिक विकास मोडेल प्रदर्शन र कार्यान्वयन गर्न सार्वजनिक–निजी–सामुदायिक गठबन्धन (पीपीसीए) कार्यक्रम डिजाइन गर्यो। पीपीसीए जिरी नगरपालिकामा स्थानीय समुदाय र नगरपालिकासँगको साझेदारीमा नमुनाका रूपमा सञ्चालन गरिँदै छ। पीपीसीए खेतबारी–वनमा आधारित उद्यममार्फत सम्पन्न समुदाय निर्माण गर्ने उद्देश्यले देशका ग्रामीण भागमा सञ्चालित सङ्गठित कार्यक्रमबाट प्राप्त राम्रा नतिजा र उत्कृष्ट अभ्यासमा आधारित नयाँ दृष्टिकोण हो। यो कार्यक्रम कार्यान्वयन गर्न आर्थिक सहयोग उपलब्ध गराएकोमा एन्साब अमेरिकाको एभेडा कर्पोरेसनप्रति आभारी छ।
यो नयाँ गठबन्धनले कृषि तथा वन क्षेत्रलाई सहयोग गर्ने स्थानीय सरकार, नेपाली खेतबारी र वन उत्पादक, सामुदायिक सङ्गठन, सहकारी र सङ्घ, स्वदेशी र अन्तर्राष्ट्रिय उद्यम, सेवा प्रदायक (गुणस्तर प्रत्याभूति र प्रमाणीकरण संस्थासहित), र केन्द्रीय, प्रादेशिक, स्थानीय तहका सरकार, दाता र गैरसरकारी संस्थाका कार्यक्रमलाई एकै ठाउँमा ल्याउनेछ।
नयाँ नमुना परियोजनाका रूपमा एन्साबले दोलखा जिल्लाको जिरी क्षेत्र र वरपरका खेतबारी र वनलाई विचार गरी स्थानीय तहमा गठबन्धनको विकासलाई सहजीकरण गर्नेछ र सेवा प्रदान गर्न यसलाई सञ्चालनमा ल्याउनेछ, जुन अन्य क्षेत्रमा पनि दोहोरिने अपेक्षा गरिएको छ।
जिरी नगरपालिका, जिरी प्राविधिक विद्यालय (JTS), एभरेस्ट गेटवे प्रा. लि., सामुदायिक वन उपभोक्ता समूह (सीएफयूजी), सहकारी र अग्रणी फर्म, अर्थात् हिमालयन बायोट्रेड प्रा. लि. (एचबीटीएल) र आशापुरी अर्गानिक प्रा. लि. (एओपीएल) सम्भावित गठबन्धन सदस्य हुन्। गठबन्धनमा जिल्लास्तरीय गतिविधि पनि हुनेछ, विशेष गरी प्राविधिक र बजार सम्बन्धित दुवै सूचना साझा गर्ने संयन्त्र र जैविक खेती तथा प्रमाणीकरण सेवाको समन्वय। राष्ट्रिय तहमा सम्बन्धित सरकारी मन्त्रालय, राष्ट्रिय उद्यम, अन्तर्राष्ट्रिय कम्पनी, सङ्घ, विकास साझेदार, सञ्चार साझेदारका प्रतिनिधि र समन्वयकारी निकायका रूपमा एन्साब रहेको सल्लाहकार निकाय गठन गरिनेछ।
दोलखाको हालको र भावी सिकाइका आधारमा हामी एचबीटीएल सँगको सहकार्यमा बझाङका समुदायलाई केही उद्यम र बजार प्रणाली विकास सहयोग र प्राविधिक सल्लाह विस्तार गर्ने अवसर अन्वेषण गर्नेछौं।
कृषि तथा वन क्षेत्रलाई सहयोग गर्ने नेपाली खेतबारी र वन उत्पादक, स्वदेशी र अन्तर्राष्ट्रिय उद्यम, उपभोक्ता, सेवा प्रदायक (गुणस्तर प्रत्याभूति र प्रमाणीकरण संस्थासहित) र सरकार, विकास साझेदार र गैरसरकारी संस्थाका कार्यक्रमलाई जोड्ने, ताकि:
यो मोडेलमा विकास गरिएको प्रणाली र अभ्यासले निम्न नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ: क) वातावरणीय दिगोपनाका लागि जलाधार, पारिस्थितिक प्रणाली र जैविक विविधताको संरक्षण; ख) आर्थिक व्यवहार्यताका लागि खेतबारी र वनको बढेको उत्पादकत्व र उत्पादन, उद्यम, मूल्य शृङ्खला, बजार प्रणालीको विकास; र ग) आम्दानी विविधीकरणमार्फत (विशेष गरी दुर्गम ग्रामीण क्षेत्रमा) महिला र सीमान्तकृतसहित खेतबारी र वन उत्पादकका लागि बढेको स्थिर आम्दानी र रोजगारी।
गठबन्धन सदस्यसँग सामुदायिक वन उपभोक्ता समूह र किसान समूह विकास, योजना, नीतिगत पैरवी र उद्यम विकास तथा बजारीकरणसँग सम्बन्धित क्षेत्र विशेषज्ञता, स्थापित सञ्जाल, कार्य सम्बन्ध, अनुभवको सम्मिश्रण भएका परिपूरक सीप र स्रोत छन्। गठबन्धनका केही सदस्य एक दशकभन्दा बढी समयदेखि सँगै काम गर्दै आएका छन्। नयाँ गठबन्धन सदस्यमा जिरी नगरपालिका, प्रादेशिक सरकारी निकाय र जिरीका खेतबारी उत्पादक छन्, जो हालै गठन गरिएका हुन्।
गठबन्धन सदस्यले परियोजना डिजाइन, गतिविधि योजना र कार्यान्वयनमा विचार र दिशा योगदान दिँदै सँगै काम गर्नेछन्। नेपाली साझेदारको समन्वय गर्ने र किसानलाई समुदायमा आधारित उद्यम विशेषज्ञता र खेतबारी तथा वन व्यवस्थापन सेवा प्रदान गर्ने ठोस अनुभवका साथ परियोजना अवधिमा बैठक आयोजना गरेर, फिल्ड गतिविधि सहजीकरण गरेर र स्थानीय उद्यमलाई व्यवसाय विकास सेवा उपलब्ध गराएर एन्साबले गठबन्धनका समग्र गतिविधि समन्वय गर्नेछ।
पहिलो स्थानीय गठबन्धन दोलखाको जिरी नगरपालिकाका लागि गठन गरिनेछ। दोलखाको सिकाइका आधारमा बझाङको जयपृथ्वी नगरपालिकाका समुदायलाई केही उद्यम र बजार प्रणाली विकास सहयोग र प्राविधिक सल्लाह विस्तार गरिनेछ। परियोजनाका प्रत्यक्ष लाभग्राही किसान र गैरकाष्ठ वन पैदावार (लोक्ताको बोक्रासहित) सङ्कलक, प्रशोधनकर्ता र व्यापारी हुन्। स्थानीय सरकार, स्थानीय प्राविधिक विद्यालय, सहकारी, वन उपभोक्ता समूह, स्थानीय गैरसरकारी संस्था र राष्ट्रिय सरकारी निकायले पनि परियोजना गतिविधिबाट अप्रत्यक्ष रूपमा लाभ पाउनेछन्।
गठबन्धनले परम्परागत विकास सोचलाई मात्र पछ्याउनेछैन बरु हामीले वर्षौँमा सिकेको थप व्यावहारिक दृष्टिकोण अपनाउनेछ। उदाहरणका लागि, गठबन्धनले: