परियोजनाहरू

भारत र नेपालका दुई रेड–प्लस परियोजनाका लागि प्रभाव मूल्याङ्कन ढाँचाको तयारी

यस परियोजनाले भारत र नेपालका दुई रेड–प्लस परियोजनाका लागि फरक मार्गदर्शक अनुसन्धान प्रश्नसहित मूल्याङ्कन ढाँचा तयार गर्ने लक्ष्य राखेको छ। भारतीय परियोजनाका लागि अध्ययनको उद्देश्य सहभागीलाई कसरी छनोट गरिएको छ, सामुदायिक संस्था कसरी सिर्जना गरिएका छन् र यसले रेड–प्लस परियोजनाको समता र अन्य नतिजामा के प्रभाव पारेका छन् भन्ने बुझ्नु हो। नेपालको परियोजना विश्वभर कार्बन भुक्तानी गरिएका थोरै रेड–प्लस परियोजनामध्ये एक हो। त्यसैले मूल्याङ्कन ढाँचाको उद्देश्य परियोजनाले सहभागीको अधिकार र जीविकोपार्जनमा पारेको प्रभाव बुझ्नु हो।