परियोजनाहरू

भू–परिधिस्तरमा दिगोपनका मापदण्ड लागू गरेर नेपालमा रेड–प्लसका संस्थागत तथा लाभ बाँडफाँड संयन्त्रमा सुधार

एन्साबले सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) सँगको साझेदारीमा – भू–परिधिस्तरमा दिगोपनाका मापदण्ड लागू गरेर नेपालमा रेड–प्लसका संस्थागत तथा लाभ बाँडफाँड संयन्त्रमा सुधार – विषयक परियोजना ड्यूचे गेसेलशाफ्ट फर इन्टरनेसनाले जुसामेनार्बेट (जीआईजेड) को आर्थिक सहयोगमा २०१३ सेप्टेम्बरदेखि २०१४ अक्टोबरसम्म कार्यान्वयन गर्‍यो। परियोजनाको लक्ष्य भू–परिधिस्तरमा रेड–प्लसका लागि सुधारिएका संस्थागत तथा लाभ बाँडफाँड संयन्त्रमार्फत वनसम्बन्धी दिगोपनाका मापदण्डलाई उत्कृष्ट अभ्यासका रूपमा लागू गरेर ग्रामीण क्षेत्रमा समुदायमा आधारित वन व्यवस्थापन प्रणालीका साथै सरकार–व्यवस्थित वनलाई सुदृढ गर्नु थियो। गतिविधिहरूको नमुना सञ्चालन नेपालको हिमाली जिल्ला दोलखामा गरिएको थियो, जहाँ सामुदायिक वन, कबुलियती वन, निजी वन र सरकार–व्यवस्थित वनजस्ता विभिन्न वन व्यवस्थापन प्रणाली छन् र निम्न विशिष्ट उद्देश्यमा केन्द्रित थियो:

  1. उत्कृष्ट अभ्यासका रूपमा फरेस्ट स्टुअर्डसिप काउन्सिल (एफएससी) मापदण्ड लागू गरेर भू–परिधिस्तरमा रेड–प्लस परियोजनाका लागि उपयुक्त संस्थागत तथा लाभ बाँडफाँड संयन्त्र पहिचान गर्ने; र
  2. भू–परिधिस्तरमा रेड–प्लस परियोजनाका लागि एफएससी प्रमाणीकरण मापदण्डको प्रयोग परीक्षण गर्ने।

क्र.सं.

उद्देश्य १ सँग सम्बन्धित गतिविधि

1

राष्ट्रिय र जिल्लास्तरमा विद्यमान रेड–प्लस संस्थागत तथा लाभ बाँडफाँड संयन्त्रको पुनरावलोकन गरियो र संयन्त्रमा प्रत्येक सरोकारवालाको भूमिका र जिम्मेवारी पहिचान गरियो

2

जिल्लास्तरीय कार्यशाला, केन्द्रित समूह छलफल र संवादमार्फत सबै पात्र र सम्बन्धित सरोकारवालाका वैध अधिकार, उपयुक्त भूमिका, जिम्मेवारी, लागत र आवश्यकता पहिचान गरियो

3

रेड–प्लसका संस्थागत तथा लाभ बाँडफाँड संयन्त्रबारे साझा र छलफल गर्न र प्रतिवेदनलाई अन्तिम रूप दिन सरोकारवालाबाट प्रतिक्रिया लिन राष्ट्रिय रेड–प्लसको अभिन्न हिस्साका रूपमा राष्ट्रियस्तरको परामर्श कार्यशाला आयोजना गरियो

4

रेड–प्लसका लागि अन्तिम संस्थागत तथा लाभ बाँडफाँड संयन्त्र साझा गर्न दोलखामा जिल्लास्तरीय अनुभव आदानप्रदान कार्यशाला आयोजना गरियो


उद्देश्य २ सँग सम्बन्धित गतिविधि

5

सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन उपभोक्ता समूह, जिल्ला वन कार्यालय र निजी व्यक्तिले व्यवस्थापन गरेका एफएससी प्रमाणीकरण प्रक्रियाका लागि सम्भावित विभिन्न वन व्यवस्थापन एकाइ (एफएमयू) पहिचान गरियो

6

दिगो वन व्यवस्थापन, वन प्रमाणीकरण र रेड–प्लसबारे वन व्यवस्थापन एकाइ र अन्य वन सरोकारवालाको चेतना अभिवृद्धि र क्षमता विकास गरियो

7

एफएससी र रेड–प्लस सामाजिक तथा वातावरणीय सुरक्षोपाय (एसईएस) मापदण्डका सन्दर्भमा छनोट गरिएका वन व्यवस्थापन एकाइका वन व्यवस्थापन योजनाको अन्तर विश्लेषण सञ्चालन गरियो

8

अन्तर विश्लेषणका आधारमा रेड–प्लस एसईएस र एफएससी मापदण्डसहित रेड–प्लसका व्यवस्था समावेश गरी वन व्यवस्थापन योजना र विधान परिमार्जन/विकास गरियो

9

स्रोत व्यवस्थापक, प्राविधिक सहजकर्ता र सम्भावित मूल्याङ्कनकर्ता/परीक्षकका लागि एफएससी वन व्यवस्थापन प्रमाणीकरण मूल्याङ्कनकर्ता तालिम आयोजना गरियो

10

प्रमाणीकरणका लागि आन्तरिक परीक्षण सञ्चालन गरियो

11

उपयुक्त स्रोत व्यवस्थापक पहिचान गरियो