परियोजनाले फरेस्ट कनेक्टको समग्र लक्ष्य “सफल र दिगो साना वन उद्यम सङ्घको सङ्ख्या बढाएर प्रमुख साझेदार देशमा वनमा निर्भर मानिसको गरिबी उल्लेखनीय रूपमा घटाउने” लाई निम्न दुई उद्देश्य हासिल गरेर सहयोग गर्ने लक्ष्य राखेको छ:
- नेपाल हर्ब्स एण्ड हर्बल प्रोडक्ट्स एसोसिएसन (नेह्पा) को संस्थागत प्रणाली र क्षमता विस्तार गरेर उत्पादक समूह र सामुदायिक उद्यमको राष्ट्रियस्तरको सङ्घ सुरु गर्ने; र
- सहयोगी संस्थाबीच सहकार्य र समन्वय सुधार्ने र साना तथा मझौला वन उद्यम (एसएमएफई) र सामुदायिक वन उपभोक्ता समूहसँगको उनीहरूको सम्बन्ध सुदृढ गर्ने।