परियोजनाहरू

जङ्गली रूपमा उम्रने साइटेस वनस्पतिको दिगो उपज स्थापना गर्ने लगत सङ्कलन विधिका लागि छनोट निर्देशिका र कार्य निर्देशिकासहितको विधिगत ढाँचाको विकास

यो परियोजनाले वनस्पति प्रजाति छनोट र स्रोत सूचीकरणका लागि निर्देशिकासहितको विधि विकास गर्ने लक्ष्य राखेको छ, जसका आधारमा दिगो सङ्कलन परिमाणको गणना गरिनेछ। एन्साबले नेपालका साइटेसमा सूचीकृत आठ वनस्पति प्रजातिको विस्तृत प्रोफाइल विकास गर्‍यो र साइटेस परिशिष्ट २ का जङ्गली रूपमा उम्रने वनस्पति प्रजातिमा प्रयोग गर्न सूचीकरण विधिको कार्यढाँचा विकासमा सहयोग गर्ने जङ्गली जडीबुटीको स्रोत मूल्याङ्कनसम्बन्धी एन्साबको दृष्टिकोण साझा गर्‍यो।