परियोजनाको मुख्य लक्ष्य नेपालका ३ जलाधार क्षेत्रमा दिगो वन व्यवस्थापनमार्फत उत्सर्जन न्यूनीकरणका लागि सामान्यतया स्थानीय समुदाय र विशेष गरी आदिवासी जनजातिलाई लाभान्वित गर्ने राष्ट्रिय प्रदर्शनात्मक शासन र भुक्तानी प्रणाली स्थापना गर्नु थियो।
यो लक्ष्य हासिल गर्न पाइलट परियोजनाको उद्देश्य निम्न थियो:
- राष्ट्रिय रेड–रणनीतिको योजना र तयारीमा नेपालका नागरिक समाजका पात्रको सक्रिय
- संलग्नता सुनिश्चित गर्न उनीहरूको क्षमता सुदृढ गर्ने।
- दीर्घकालमा दिगो, समतामूलक र विश्वसनीय वन कार्बन ट्रस्ट कोषको स्थापना सहजीकरण गर्ने।
- सामुदायिक रूपमा व्यवस्थित वनमा कार्बन प्रवाहको प्रभावकारी र दक्ष रूपमा अनुगमन गर्न सक्ने रेड रणनीति विकासमा योगदान दिने।
- उच्च स्तरको दोहोर्याउन सकिने र प्रयोग गर्न सकिने क्षमता उपलब्ध गराउने र हिन्दुकुश हिमालय क्षेत्र (इसिमोड सदस्य राष्ट्र) मात्र होइन, सामुदायिक वन व्यवस्थापन अभ्यास गरिने विश्वव्यापी रूपमा जहाँसुकै “नयाँ अभ्यासको मार्ग प्रशस्त गर्ने” मोडेलका रूपमा काम गर्ने।