
एन्साबले परम्परागत वन र कृषिलाई जलवायु–स्मार्ट, आकर्षक र सामाजिक रूपमा प्रतिष्ठित व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य भएको पारिस्थितिक प्रणालीमा आधारित व्यावसायिक कृषि (ईसीए) नामको नयाँ कार्यक्रमको परिकल्पना गरेको छ। नेपालमा ईसीए को महत्त्व बुझेर आइसिसिओ कोअपरेसन र मिसन ईस्टले “हिमालमा जलवायु–स्मार्ट कृषि – नेपालका पहाडी समुदायको खाद्य सुरक्षा र गरिबी न्यूनीकरणका लागि नवीन हरित व्यवसाय मोडेल” नामक कृषि–व्यवसाय परियोजनाको विकास र पाइलटका लागि एन्साबसँग हात मिलाएका छन्। हरित व्यवसाय मोडेलमा जलवायु–स्मार्ट प्रविधि प्रयोग गरेर खाद्य, पोषण र आम्दानी सुरक्षाका लागि सबैभन्दा प्रतिफलदायी र स्थानीय रूपमा महत्त्वपूर्ण उत्पादनको सन्तुलन उत्पादन गर्ने समुदाय–निजी साझेदारी समावेश छ।