युरोपेली सङ्घ तथा अस्ट्रियन विकास सहयोगले एड्रा अस्ट्रियामार्फत वित्तपोषण गरेको सम्वर्धन परियोजना एड्रा नेपाल, एन्साब, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) र भेरी इन्भायरोन्मेन्ट एक्सलेन्स ग्रुप (बीईई ग्रुप) ले कार्यान्वयन गर्दैछन्। परियोजनाको लक्ष्य नागरिक समाज संस्था, मुख्यतया सामुदायिक वन उपभोक्ता र किसान समूहलाई दिगो उपयोग र समतामूलक बाँडफाँडका लागि जैविक विविधता र पारिस्थितिक प्रणाली पुनर्स्थापना र संरक्षण गर्न सशक्त बनाउनु हो।
परियोजनाले निम्न नतिजातर्फ काम गर्नेछ:
- जैविक विविधता संरक्षण र पुनर्स्थापनामा सक्रिय संलग्न, लैङ्गिक रूपान्तरणकारी योजनासहितका सशक्त नागरिक समाज संस्था (सामुदायिक वन उपभोक्ता समूह, मध्यवर्ती क्षेत्र)।
- जलवायु र वन्यजन्तु–मैत्री खेती तथा पारिस्थितिक प्रणाली सेवा र प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोगमा आधारित स्थानीय समुदायको सुधारिएको जीविकोपार्जन।
- जैविक विविधता अभिवृद्धिका लागि बहुक्षेत्रीय सहकार्य र वातावरणीय चेतना।
एन्साबले निम्न माध्यमबाट जैविक विविधता संरक्षण र पुनर्स्थापनाका गतिविधि सञ्चालन गर्नेछ:
- नागरिक समाज संस्था, सरकारी निकाय, परियोजना साझेदार र स्थानीय समुदायको संस्थागत, सङ्गठनात्मक र प्राविधिक क्षमता सुदृढ गर्ने।
- राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड (एनएफएसएस) अनुरूप दिगो वन र पारिस्थितिक प्रणाली व्यवस्थापन योजनामा नागरिक समाज संस्थालाई संलग्न गराउने।
- नागरिक समाज संस्था, साझेदार र सम्बन्धित सरोकारवालाको ज्ञान र क्षमता अभिवृद्धि तथा उत्कृष्ट अभ्यासको अवलम्बनमार्फत दिगो वन र पारिस्थितिक प्रणाली व्यवस्थापन सहजीकरण गर्ने।
यो परियोजना बाँके जिल्लाको कोहलपुर नगरपालिका र राप्ती–सोनारी गाउँपालिका, तथा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा कार्यान्वयन भइरहेको छ।