७ अगस्ट २०१३
विश्व बैंकले एसिया तथा प्यासिफिकका एफसीपीएफ क्षमता विकास कार्यक्रमका लागि एन्साबलाई क्षेत्रीय मध्यस्थकर्ताका रूपमा छनोट गर्यो
७ अगस्ट २०१३
एन्साब विश्व बैंकले आर्थिक वर्ष २०१४–१५ का लागि एसिया तथा प्यासिफिक क्षेत्रमा एफसीपीएफ (वन कार्बन साझेदारी सुविधा) क्षमता विकास कार्यक्रमका लागि क्षेत्रीय मध्यस्थकर्ता संस्थाका रूपमा छनोट भएको छ। एफसीपीएफ ले छनोट प्रक्रियाका लागि अन्य कुराका साथै उच्च स्तरको क्षेत्रीय विश्वसनीयता; वन, जलवायु परिवर्तन र/वा रेड–प्लससम्बन्धी मुद्दामा बलियो अनुभव भएको स्थापित संस्थागत संरचना; र प्रभावकारी वित्तीय व्यवस्थापन र खरिद क्षमता प्रदर्शनजस्ता मापदण्ड उल्लेख गरेको थियो। एन्साबले एसिया तथा प्यासिफिकका एफसीपीएफ रेड देशमा निम्न गतिविधिलाई सहयोग गर्ने आफ्ना क्षमता विकास कार्यक्रमका लागि एफसीपीएफ सँग काम गर्नेछ:
- भू–स्वामित्व, सामाजिक र वातावरणीय मुद्दामा अनुसन्धान र नीतिगत काम;
- दिगो जीविकोपार्जन;
- सुशासन;
- तालिम, पहुँच र चेतना निर्माण;
- लाभ बाँडफाँड र गुनासो सुनुवाइ संयन्त्रको विश्लेषणात्मक र डिजाइन कार्य;
- आदिवासी वा सामुदायिक भू–उपयोगको नक्साङ्कन;
- सरकार, वनमा निर्भर मानिस र दक्षिणी नागरिक समाज संस्थाबीच क्रमशः बहु–सरोकारवाला संवाद र सहकार्यका लागि सहयोग;
- राष्ट्रिय रणनीतिक वातावरणीय तथा सामाजिक मूल्याङ्कन (SESA) मा योगदान दिने अन्य गतिविधि; र
- समग्र रेड–प्लस प्रक्रियाका विभिन्न पक्षको सामुदायिक तहको अनुगमन र प्रतिवेदन (पारदर्शिता/उत्तरदायित्व बढाउन)।