एसिया–प्यासिफिकका वनमा निर्भर आदिवासी जनजाति, अन्य वनवासी र दक्षिणी नागरिक समाज संस्थाका लागि क्षेत्रीय संवाद

२३ सेप्टेम्बर २०१९
एफसीपीएफ, टेबटेब्बा र एन्साबले २०१९ सेप्टेम्बर १६–२० मा थाइल्यान्डको बैङ्ककमा एसिया–प्यासिफिकका वनमा निर्भर आदिवासी जनजाति (IPs), अन्य वनवासी र दक्षिणी नागरिक समाज संस्थाका लागि क्षेत्रीय संवाद आयोजना गरे। एफसीपीएफ देशका आदिवासी जनजाति सङ्गठन र सञ्जाल, नागरिक समाज संस्था, महिला सङ्गठन र सरकारका तथा विश्व बैंकका ६३ प्रतिनिधि (३२ पुरुष र ३१ महिला) क्षेत्रीय संवादमा सहभागी भए र क्षमता विकास कार्यक्रम कार्यान्वयनका सिकाइ, उत्कृष्ट अभ्यास तथा भावी आवश्यकताबारे छलफल गरे।
क्षेत्रीय संवाद एसिया–प्यासिफिक क्षेत्रमा रेड–प्लस क्षमता विकासका आ–आफ्ना उप–परियोजनाका बारेमा एन्साब र टेबटेब्बाले तयार गरेका क्षेत्रीय सारांशमा आधारित थियो, जसमा हालसम्म कार्यान्वयन गरिएका लैङ्गिक गतिविधिको सारांश पनि समावेश थियो। संवादका क्रममा सहभागीहरूले क) रेड–प्लस रणनीति र कार्यक्रममा संलग्न वनमा निर्भर आदिवासी जनजाति, अन्य वनवासी र दक्षिणी नागरिक समाज संस्थाको क्षमता विकासमा तल्लो तहबाट प्राप्त नतिजा र सिकाइ साझा गरे; ख) लैङ्गिक–विशिष्ट गतिविधि कार्यान्वयनबाट प्राप्त सिकाइका आधारमा लैङ्गिक मूलप्रवाहीकरणमा सामना गरिएका चुनौतीबारे छलफल गर्दै रेड–प्लससम्बन्धी निर्णय प्रक्रियामा महिलाको कम सहभागिताका मुख्य कारण र आवश्यक कदमबारे सहमति गरे; र ग) रेड–प्लस सम्बन्धी थप क्षमता आवश्यकता सहयोगका लागि सिफारिसको एक सङ्ग्रहमा सहमत भए।
क्षेत्रीय संवादमा सेप्टेम्बर १६–१७, २०१९ मा लैङ्गिकसँग सम्बन्धित अन्तर र कदमबारे दुई दिने छलफल “एसिया–प्यासिफिक क्षेत्रमा रेड–प्लस सम्बन्धी कार्यक्रम तथा प्रक्रियामा महिलाको क्षमता र भूमिका अभिवृद्धिसम्बन्धी क्षेत्रीय कार्यशाला” र सेप्टेम्बर १८–२०, २०१९ मा सिकाइ, अन्तर र भावी कदमबारे सिफारिसमा तीन दिने छलफल “एसिया–प्यासिफिक क्षेत्रका वनमा निर्भर आदिवासी जनजाति, अन्य वनवासी र दक्षिणी नागरिक समाज संस्थाका लागि क्षेत्रीय संवाद” समावेश थिए।
क्षेत्रीय संवाद प्रतिवेदन डाउनलोड गर्नुहोस्।