४ नोभेम्बर २०१६

एक स्वास्थ्य दिवस समारोह


४ नोभेम्बर २०१६

एन्साबले एक स्वास्थ्य अन्तरक्रियाको अभियान र संसारलाई ‘तिनलाई कार्यमा देख्न’ आह्वान गर्ने रूपमा २०१६ नोभेम्बर ३ मा एक स्वास्थ्य दिवस मनायो। एन्साबले चितवन, रुपन्देही र बाँके जिल्लाका विद्यालय र विद्यालय स्वास्थ्य क्लब (SHCs) बीच ‘एक स्वास्थ्य र जुनोटिक रोग’ विषयमा प्रश्नोत्तर प्रतियोगिता आयोजना गर्‍यो। विजेता र सहभागी स्वास्थ्य क्लबलाई उनीहरूको स्थानअनुसार कम्प्युटर सेट, डिजिटल क्यामेरा, साउन्ड सिस्टम सेट र माइक्रोस्कोप प्रदान गरियो। त्यसै गरी, विजेता र सहभागी विद्यालयलाई उनीहरूको स्थानअनुसार ट्रफीसँगै नेपाली शब्दकोश, अङ्ग्रेजी शब्दकोश, एटलस र डायरी प्रदान गरियो। यी पुरस्कार प्रत्येक जिल्लाको जिल्ला जुनोटिक रोग नियन्त्रण समिति (dZCC) को बैठकमा विकसित सहमतिका आधारमा छनोट गरिएका थिए।