२८ नोभेम्बर २०१८

सार्वजनिक–निजी–सामुदायिक गठबन्धन (PPCA) सम्बन्धी जिरी घोषणापत्र

Jiri Declaration on Public Private Community Alliance (PPCA)


२८ नोभेम्बर २०१८

एन्साब र जिरी नगरपालिकाले सार्वजनिक–निजी–सामुदायिक गठबन्धन (पीपीसीए) बारे साझा बुझाइ विकास गर्न र अवधारणा तथा प्रारम्भिक कार्ययोजना अनुमोदन गर्न २०१८ नोभेम्बर २७ मा दोलखाको जिरीमा पीपीसीए योजना कार्यशाला संयुक्त रूपमा आयोजना गरे। कार्यशालामा सङ्घीय तथा प्रदेश संसद्का सदस्य, जिरी र छिमेकी नगरपालिकाका निर्वाचित सदस्य, स्थानीय सरकारी अधिकारी, विकास कार्यक्रम, स्थानीय तथा राष्ट्रियस्तरका उद्यम र एभेडासहित तीन अन्तर्राष्ट्रिय कम्पनीलगायत सबै प्रमुख पात्र र सरोकारवाला सहभागी थिए। एन्साबको सहजीकरणमा सहभागीहरूले पीपीसीए को लक्ष्य, अपेक्षित नतिजा, रणनीति, उत्पादन र कार्ययोजना, पीपीसीए का सम्भावित सदस्य र यसको सञ्चालन विधिबारे छलफल गरे।

कार्यशालाका सहभागीले अवधारणा तथा पीपीसीए का सम्भावित स्थल, उत्पादन र गतिविधि परिभाषित गर्ने प्रारम्भिक कार्ययोजना अनुमोदन गरे। कार्यशाला ‘दिगो प्राकृतिक तथा जैविक उत्पादनमा आधारित उद्यम र स्थानीय आर्थिक विकासका लागि पीपीसीए सम्बन्धी जिरी घोषणापत्र’ सहित समापन भयो, जसले खेतबारी र वनलाई विचार गर्दै सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र विकास साझेदारको साझा मञ्चका रूपमा जिरी नगरपालिकामा पीपीसीए विकास गर्न र सेवा प्रदान गर्न सञ्चालनमा ल्याउन साझा बुझाइ र सहमति प्रदान गर्‍यो। घोषणापत्रका हस्ताक्षरकर्तामा दोलखा जिल्लाको प्रतिनिधित्व गर्ने सङ्घीय तथा प्रदेश संसद्का सदस्य, दोलखा जिल्ला समन्वय समितिका प्रमुख, जिरी नगरपालिकाका नगर प्रमुख, एन्साबका कार्यकारी निर्देशक, एभेडा र अन्य दुई अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधि छन्।

सार्वजनिक–निजी–सामुदायिक गठबन्धन (पीपीसीए) सम्बन्धी जिरी घोषणापत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्>>>