२९ जुलाई २०२३

अन्तर्राष्ट्रिय बाघ दिवस २०२३

International Tiger Day 2023


२९ जुलाई २०२३

२९ जुलाई २०२३ – अन्तर्राष्ट्रिय बाघ दिवस २०२३ मनाउन संरक्षणकर्मी, वातावरणविद्, वन्यजन्तुप्रेमी, पर्यटन क्षेत्रका प्रतिनिधि र स्थानीय समुदाय बाघ संरक्षणबारे चेतना जगाउन र यी भव्य प्राणीको सुरक्षा गर्नुपर्ने अत्यावश्यकता उजागर गर्न एकत्रित भए। नेपाल प्रहरी (सामुदायिक वातावरण प्रहरी) को रिफ्रेस पार्कमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय/गैरसरकारी संस्था, सरकारी निकाय, नेपाल प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालय, पर्यटन सङ्घ, होमस्टे सङ्घ, पत्रकार, शैक्षिक संस्था र स्थानीय समुदायको ठूलो सहभागिता रह्यो।

बाघ संरक्षणको महत्त्व र बाघ तथा तिनका वासस्थान जोगाउने प्रतिबद्धता उजागर गर्न सामूहिक र्‍यालीबाट दिनको सुरुवात भयो। धेरै सहभागीले अनुहारमा रङ्गीन बाघका धर्का पोतेका थिए। वनको स्वास्थ्य र वन्यजन्तु संरक्षणबीचको सम्बन्धलाई सुदृढ गर्न वृक्षारोपण कार्यक्रम पनि आयोजना गरियो। साथै, नेपाल रेडक्रस सोसाइटी, कावासोती शाखाको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरियो।

 

अन्तर्राष्ट्रिय बाघ दिवस २०२३ | ANSAB